जापानको स्थानीय शहर

धेरै मानिसहरु टिभी, पत्रिकाहरू, र वेबसाइटहरूमा जापानको सन्दर्भमा जानकारी संकलन गर्ने गर्छन् । जापान एक टापु देश हो र उत्तर देखि दक्षिणसम्म फैलिएको धेरै लामो देश हो । टोकियो र ओसाका जस्ता ठूला शहरहरू राम्ररी परिचित छन् । तर स्थानीय क्षेत्रमा पनि निकै सुन्दर शहरहरु र प्रसिद्द पर्यटीय ठाँउहरु छन । साथै, जापानका शहरहरु समुद्र र पहाडहरूले घेरिएको हुनाले तपाई स्थानीय शहरहरुमा जाँदा तपाईंले धेरै स्वादिष्ट माछा र स्थानीय खानाको आनन्द लिन सक्नु हुन्छ । जापानमा काम गर्ने सन्दर्भमा सोच्दा, ठूलो शहरको सन्दर्भमा कल्पना गर्नुहुन्छ होला । तर यसपटक हामीले जापानमा काम गर्ने विदेशीहरूलाई प्रश्नपत्र र अन्तर्वार्ता मार्फत जापानको स्थानीय क्षेत्रको आकर्षणको सन्दर्भमा सोधेंका छौ ।

Contents

उत्तर देखि दक्षिणसम्म फैलिएको लामो जापानको भौगोलिक बनावट

जापानको उत्तर देखि दक्षिणसम्म लामो रुपमा फैलिएको भौगोलिक बनावट रहेको छ । अचम्मको कुरा, दक्षिणी क्षेत्र Subtropical क्षेत्रसंग संबन्धित छ र उत्तरी क्षेत्र Subarctic क्षेत्रसंग संबन्धित छ । त्यसकारण, सबभन्दा न्यानो क्षेत्र ओकिनावा र सबभन्दा चिसो क्षेत्र होक्काइदो बीचको औसत बार्षिक तापमान १५ डिग्री भन्दा माथिको फरक छ । [1] उत्तरमा स्की र दक्षिणमा समुन्द्री किनारको आनन्द लिन सकिन्छ । त्यसैगरी, जापान वरिपरीबाट समुन्द्रले घेरिएको भएपनि केही मैदानी क्षेत्रहरु छन । देशको दुईतिहाई भाग जङ्गलले ओगटेको छ । प्राय ठुला शहरहरु मैदानी क्षेत्रमा अवस्थित भएकोले, स्थानीय शहरहरुमा जानु भयो भने समुन्द्र र हिमाल संबन्धित खानाहरु र फुर्सदको समयको भरपुर आनन्द लिन सकिन्छ ।

यदी जापानमा नर्सिङ्ग केयर वर्करको रुपमा काम गर्ने जाने सोच बनाउनु भएको छ भने एकपटक जापानको नक्सा र भौगोलिक बनावटको सन्दर्भमा पनि अध्ययनगर्नु होला ।

क्विज:

प्रश्न-जापानमा चार प्रमुख टापुहरु छन । त्यसो भए यी बाहेक निर्जन टापु सहित कुल कतिवटा टापुहरु छन ?
उत्तर- ६,८५२ (सन २०१५ को राष्ट्रिय जनगणनाको नतिजाबाट)

[1] 一般財団法人 国土技術研究センター「国土を知る / 意外と知らない日本の国土」Japan Institute of Country-ology and Engineering “Know the Land/The Unexpected and Unknown of Japan’s Land”

 

स्थानीय क्षेत्रका आकर्षण

जापान आर्थीक क्षेत्र स्केलको तुलनामा भूमि क्षेत्र सानो भएको देश हो । त्यसकारण आन्तरिक यातायातको नेटर्वक अतिनै विकसित छ । हवाईजहाज, पानिजहाज, रेल, बस, कार आदिको माध्यमबाट सजिलै जहाँपनि जान सकिन्छ । स्थानीय शहरहरुमा काम गरेपनि बिदाको समयमा जापानको जुन ठाउँमा पनि भर्मण गर्न सकिन्छ र नजिकैका ठुला शहरहरुमा गएर सपिङ्ग लगाएतका कुराहरुको आनन्द लिन सक्नुहुन्छ । त्यसमाथी आश्चर्यजनक कुरा के हो भने, अनलाइन शपबाट सामानहरु खरिद गर्नुभयो भने अर्को दिनमै घरसम्म सामान आइपुग्ने जस्ता सर्भिसहरु जापानमा धेरै छन । ग्रामीण वा स्थानीय क्षेत्रहरुमा बसोबास गरेपनि दैनिक आवस्यकताका कुराहरुमा कहिल्यै पनि समस्या पर्दैन । साथै जापानको स्थानीय क्षेत्रको प्रमुख आकर्षण भनेको त्यहाँको प्राकृतिक वातावरण हो । नजिकै समुन्द्र, पहाड, खोला नदीहरुको संमिश्रण भएका सुन्दर स्थानीय शहरहरु धेरै छन । त्यसमाथी स्थानीय संस्कृती र खानाहरुको भरपुर आनन्द लिन सकिन्छ ।

 

जापानमा काम गरिरहनु भएकी फिलिपिन्सकी Annie ले भन्नु हुन्छ, “स्थानीय क्षेत्रका प्राकृतिक दृश्यहरु अतिनै सुन्दर छ । प्राकृतिक वरदानहरु धेरै भएकोले निकै रमाईलो गर्न सकिन्छ । ठुला शहरहरुमा जङ्गल र हरियाली फाँटहरु थोरै छन । साथै ओनसेन (Hot Spring) हरु पनि खासै हुंदैनन । स्थानीय क्षेत्रमा भने विभिन्न प्रकारका विशेषताहरू रहेका छन । खाना र परम्परागत शिल्प, ऐंतिहासिक पर्व र उत्सवहरुको मजा लिन सकिन्छ । मलाई निक्कोको युवा खाना (टोफुस्किन tofu skin) र ओकिवाना खाना मन पर्छ ।”

 

स्थानीय क्षेत्रमा काम गर्ने

ठुलो शहरमा काम गर्ने कि स्थानीय शहरमा काम गर्ने प्रत्येक ब्यक्ति अनुसार फरक सोच र विचारहरु हुन्छन । ठुलो शहरमा उत्साहजनक जीवनयापन गर्न सकिन्छ तर भिडभाड र मुल्यहरु उच्च हुन्छ । अर्को तर्फ, स्थानीय शहरहरुमा स्वच्छ र सुन्दर
प्राकृतिक वातावरण र घरभाडा र अन्य वस्तुहरुको मुल्य सस्तो हुने गर्दछ ।
जापानको स्थानीय शहर ओइतामा काम गर्नु भएका नेपालका Mr.Mani Gyawali ले भन्नुहुन्छ, “म विभिन्न कामका लागि टोकियो र ओसाकामा पनि बसेको अनुभव छ । दुबै शहरहरु एकदमै ठुला र राम्रो ठाउँ थियो । तर, मलाई भने म बसेकै स्थानीय शहर ओइता राम्रो लाग्दथ्यो । तर किन काम गर्ने वातावरण, मानवीय आपसी संबन्ध, अति राम्रो महसुस गरेको थिए । स्थानीय शहरहरुमा ठुला शहरहरुको तुलनामा मानवीय आपसी संबन्धलाई विशेष महत्व दिने गरिन्छ । उदाहरणका लागि, एक-आपसी कम्युनिकेसन, पारस्परिक सहयोगको संस्कृतिलाई विशेष ध्यान दिने गरिन्छ । स्थानीय मानिसहरुले नचिनेको भएपनि जो कोहिलाई समस्या परेको बेलामा सहयोग गर्नुपर्छ भन्ने सहयोगी भावना राख्ने गर्दछन । साथै, स्थानीय शहरहरुमा पनि ठुला शहरमा जस्तै दैनिक जीवनका लागि आवश्यकीय वस्तुहरु सजिलै प्राप्त गर्न सकिन्छ र शान्त र रमाईलो वातावरणमा काम गर्न पनि सकिन्छ ।”

 

प्राकृतिक प्रकोपहरु धेरै हुने देश जापान

अन्त्यमा, जापानको प्राकृतिक प्रकोपको सन्दर्भमा केही जानकारी दिने छौ ।

समुन्द्र र पहाडहरु नजिकै भएकोले स्थानीय शहरहरुमा प्राकृतिक विपत्तीको संभावना धेरै हुन सक्छ भनेर चिन्तित हुने मानिसहरु हुन सक्द छन । तर, जापानमा भने ठुला शहर होस वा स्थानीय शहर होस, जुनसुकै क्षेत्रमा पनि प्राकृतिक विपत्तिका लागि सजक र पूर्वतयारी अपनाउनु पर्ने कुरा अति महत्वपूर्ण हुन्छ ।

 

टाइफुन, भारीवर्षा, भारी हिउँपात, भूकम्प, सुनामी, र ज्वालामुखी विस्फोटहरू जसता प्राकृतिक प्रकोपहरु हुन्छन । तपाईहरुले पनि सन २०११ को मार्च महिनामा

जापानको उत्तर-पूर्वी क्षेत्रमा आएको विशाल भूकम्प र सुनामीका सन्दर्भमा समाचार इत्यादीबाट थाहा पाउनु भएको होला । त्यसकारण राष्ट्रीय र स्थानीय सरकारका साथै कर्पोरेट तहले प्राकृतिक विपत्ती सामना गर्नका लागि पूर्व तयारी र योजनाहरु बनाएका हुन्छन । यदी तपाईहरु जापानमा जानु भयो भने नियमित रुपमा निकासी प्रशिक्षण (Evacuation Drills) को अनुभव गर्नु हुनेछ । भूकम्प जस्ता प्राकृतिक विपत्तीहरु पहिलो पटक अनुभव गर्दा धेरै डर लाग्न सक्छ । तलको लिंकमा गएर जापानको प्राकृतिक विपत्तीका सन्दर्भमा जानी राख्नु राम्रो हुने हुदाँ चेक गर्नु होला ।

 

Cabinet Office Japan क्याबिनेट कार्यालय:http://www.bousai.go.jp/index-e.html
JNTO (Japan National Tourism Organization) जापान राष्ट्रिय पर्यटन ब्यूरो:https://www.jnto.go.jp/safety-tips/eng/index.html

 

 

 

 

Scroll to Top