हाम्रो आवाज

धर्मिका घिमिरे

・जन्म देश: नेपाल
・जापान आगमन वर्ष: 2014
・योग्यता: नर्सिङ्ग केयर
・जापानी भाषा क्षमता: N3

Interview

बच्चाको बेलामा अमेरिका र जापानको दोस्रो विश्वयुद्वको ’boutमा पढेको थिए । त्यो बेला जापानको नागासाकी र हिरोसिमाको शब्दहरु सुनेको थिए, त्यसैले जापान गएर नागासाकी र हिरोसिमा हेर्ने इच्छा थियो । त्यो इच्छा पुरा गर्न विद्यार्थी भिसामा जापान आएको हुँ ।

बच्चा बेला देखिनै मलाई बुढाबुढीहरु, बच्चाहरु र असहाय व्यक्तिहरुको सहयोग र सेवा गर्ने भावना मन पर्दथ्यो । त्येही भावनाले गर्दा मैले वृद्वावृद्विहरुको सेवा गर्ने काम रोजेको हो ।

जापान एउटा विकसित र सुरक्षित देश हो । जुनसुकै कामहरु पनि सुविधायुक्त मेशिनहरु प्रयोग गरेर गर्न सकिन्छ ।

एक्लै जिवनयापन गरेर बसेका र आफ्नो काम आफै गर्न नसक्ने मानिसहरुको सेवा गर्न पाउँदा एकदमै खुशी लागेको छ ।

मैले काम गर्ने ठाउँमा वृद्वावृद्विहरुका लागी पकाएको खाना कहिलेकाही खाने गरेको छु, त्यो खाना असाध्यै मिठो लाग्दछ ।

शान्त वातावरणा छ र सामानहरु किन्नका लागी सुपरमार्केट नजिकै छ ।

जापान महिलाहरुको लागी एकदमै सुरक्षित देश हो, त्यसैले मैले यहाँ आएर काम गर्न सकेको छु । जुनसुकै समयमा जहाँ जानपनि केही डर छैन ।

जापान आएर सिकेका कुराहरु र स्कुलबाट सिकेका कुराहरु बाट नेपालमा गएरपनि वृद्वावृद्विहरुको लागी केही काम गर्न मन लागेको छ ।

नर्सिङ्ग केयरको काम गर्नेहरुलाई प्रत्यक्ष बुढाबुढीसंगको काम भएकोले भाषाको उच्चतम ज्ञान हुन जरुरी छ । काम गर्ने ठाउँ कस्तो छ र आफुले गर्ने कामको सिपको ’boutमा जान्नु जरुरी छ ।

वृद्वावृद्विहरुको सेवा गर्दा उनिहरुको हंसिलो अनुहारले धन्यवाद दिन्छन । अरुको देशबाट आएर हाम्रो सेवा गरिदिने तिमिहरु ठुलो मान्छे लाग्दछ भन्ने गर्दछन, त्यो सुन्दा धेरै खुशी लाग्दछ ।

उनिहरु जवान हुँदा गरेको काम, उनिहरुको रुचि, इच्छाको ’boutमा, परिवारको ’boutमा, मनपर्ने कुराहरु र मनपर्ने खानेकुराहरुको ’boutमा गफ गरेको हुन्छु ।

सबै काम गर्न सजिलो हुन्छ र रमाईलो पनि लाग्दछ । तर कहिलेकाही आफ्नो शरिरको सबै बल प्रयोग गरेर बुढाबुढिहरुलाई यताउता सार्नुपर्ने काम पनि गर्नुपर्ने हुन्छ । त्यसैले शरिर र ढाड दुख्ने पनि गर्दछ, यो काम सजिलो मात्र नभएर गाह्रो पनि छ ।

नर्सिङ्ग केयरको काम गर्ने मानिसहरु दयालु हुनुपर्दछ । वृद्वावृद्विहरुलाई आदरसम्मान गर्नसक्ने हुनुपर्दछ । उनिहरुको कुरा सुन्न सक्ने हुनुपर्दछ । लाज, घिन मान्ने हुनुहुदैन ।

महिलाहरुको लागी सुरक्षित देश भएकोले मैले जापान रोजेको हो ।

केही समस्या परेमा नेटबाट सर्च गर्ने र काम गर्ने ठाउँको सिनियर स्टाफहरु संग सोध्ने गर्दछु ।

काम गर्ने ठाँउको कर्मचारी र प्रयोगकर्ता वृद्वावृद्विहरु संग दुईपटक-तिनपटक सोधेर बुझ्ने कोशिस गर्दछु ।

बिदाको बेलामा आवश्यक सामानको किनमेल, घरको सरसफाई र नेपालमा फोन गर्ने, समय भएमा अध्ययन गर्ने गर्दछु ।

सासिमी, तेन्पुरा(तेलमा तारेको खानेकुरा) सोबा(फापरबाट बनेको खानेकुरा)

फुलको बगैचा र गाउँतिर जाँदा प्राकृतिक मनोरम दृश्यहरु देख्न पाइन्छ ।

मानिसहरुसंग नजिक बसेर उनिहरुका पुराना कुराहरु सुनेर उनिहरुसंग नजिकको संबन्ध बनाउन सकेको खण्डमा काम गर्न सजिलो र रमाईलो हुन्छ ।

Scroll to Top