निर्दिष्ट सीप प्रणाली

निर्दिष्ट सीपप्राप्त कामदार (i) नर्सिङ्ग केयर भनेको के हो ?

निवासको स्थिती (निर्दिष्ट सीप) भनेको, जापानमा गम्भीर रुपमा बढ्दै गरेको श्रम अभावको परिपूर्ती गर्नका निमित्त, निश्चित विशेषज्ञता, अनुभव र सीप भएका विदेशी मानव संसाधनहरुलाई नर्सिङ्ग केयर सहित १४ प्रकारका ओद्योगिक श्रेत्रहरुमा रोजगारीको अनुमति जारी गरिएको छ । यो जापान ईमिग्रेशनको नयाँ नीति हो । यो नीति अप्रील २०१९ मा जारी गरिएको हो । यस नीतिमा (निर्दिष्ट सीपप्राप्त कामदार i) (निर्दिष्ट सीपप्राप्त कामदार ii) रहेको छ, र नर्सिङ्ग केयर (निर्दिष्ट सीपप्राप्त कामदार i) अन्तर्गत पर्दछ ।

निर्दिष्ट सीपप्राप्त कामदार (i) नर्सिङ्ग केयर परीक्षाको बारेमा

नर्शिङ्ग केयर सम्बन्धित निर्दिष्ट सीप मुल्यांकन परीक्षा अन्तर्गत [Nursing Care Skills Evaluation Test], र [Nursing Care Japanese Language Evaluation Test], जापानी भाषा क्षमता मापन गर्ने परीक्षा, गरी ३ किसिमका परीक्षा समावेश गरिएका छन। Nursing Care Skills Evaluation Test र Nursing Care Japanese Language Evaluation Test लाई ,नर्सिङ्ग क्षेत्रमा आवश्यक पर्ने पेशागत सीप र जापानी भाषाको दक्षता मापन गर्ने माध्यम भएकोले प्रत्येक क्षेत्रमा तुरुन्त प्रयोग गर्न सकिने स्तर अनुरुपको मापदण्डलाई मध्य नजर गर्दै तयार गरिएको छ। जापानी भाषा दक्षता स्तरलाई जापान फाउन्डेशनको आधारभूत जापानी भाषा परीक्षा अथवा जापानी भाषा प्रविणता परीक्षा JLPT (N4 भन्दा माथि आवश्यक) द्वारा मापन गरिएको छ। निम्न तिन प्रकारका परीक्षाका बारेमा क्रमश वर्णन गर्दछौः १. जापान फाउन्डेशनको आधारभूत जापानी भाषा परीक्षा (Japan Foundation Test For Basic Japanese, JFT-Basic) अथवा जापानी भाषा प्रविणता परीक्षा (JLPT N4 भन्दा माथि)

जापानी भाषा र नर्सिङ्ग केयर परीक्षाको अध्ययन गर्ने तरिका

निर्दिष्ट सीपप्राप्त कामदार (i) नर्सिङ्ग केयरको निवाशको स्थिती प्राप्त गर्नको लागि, परीक्षाको लागि अध्ययन गर्ने दुई तरिका रहेका छन। तपाईहरु आफैले पाठ्यपुस्तक ईत्यादी प्रयोग गरेर पढने वा जापानी भाषा स्कुलमा भर्ना भएर पढने, दुई प्रकारका माध्यम रहेका छन। यो लेखमा मुख्यतया आफैले अध्ययन गर्न चाहानेहरुका लागि, प्रयोग गर्दा राम्रो हुने पाठ्यपुस्तक र वेबसाइटका बारेमा परिचय दिनेछौं।

जापानी पक्षको समर्थन प्रणालीमा पनि परिपूर्णता भएको छ

विदेशी नागरिकहरु शान्ती र राहतका साथ जापानमा आएर नर्सिङ्ग केयरको काम गर्न सकुन भनेर जापान सरकार, स्थानीय सरकार, औध्योगिक क्षेत्र, सुबिधा सेन्टर इत्यादीहरुले विभिन्न प्रकारका सहयोग र समर्थन प्रदान गरिरहेका छन । नर्सिङ्ग केयरको काम संबन्धित सहयोग मात्र नभएर भाषाको समस्या र जीवनको आधारभूत कुराहरुसम्म व्यापक रुपमा पूर्ण समर्थन प्रदान गरिरहेका छन ।

हाम्रो आवाज

जापानमा नर्सिङ्ग केयरको काम गरिरहनु भएका विदेशी नागरिकहरुसंग अन्तर्वार्ता लिएका थियौं । 
जापानको जीवन र नर्सिङ्ग केयरको काम, जापानी भाषाको अध्ययन इत्यादी को लागि सन्दर्भको रुपमा प्रयोग गर्नु होस ।

धर्मिका घिमिरे

・जन्म देश: नेपाल
・जापान आगमन वर्ष: 2014
・योग्यता: नर्सिङ्ग केयर
・जापानी भाषा क्षमता: N3

F.A.Q.

हामी तपाईहरुले सोधेका प्रश्नहरुको उत्तर दिनेछौं।

“दर्ता गरिएका सहायता संस्थाहरू” छन । व्यक्तिगत अथवा समूहगत संस्थाहरुले, विदेशी मानव संसाधन स्विकार गर्ने संस्थाहरुबाट कन्साइनमेन्ट लिएर निर्दिष्ट सीप भएका विदेशी नागरिकहरुका लागि सहायता योजनामा आधारित रहेर आवासीय पक्ष र दैनिक जीवनका आवश्यकीय कुराहरुको सहयोग र सम्झौताको समर्थन गर्ने छन ।

प्रत्येक देश अनुसार, पठाउने संस्थाहरुको नियममा निर्भर गर्दछ ।

निर्दिष्ट सीप प्रणाली अन्तर्गत, पारिवारिक सहयोगी(परिवारहरु सङ्गै जापान आउने) को सम्बंधमा भने कुनै अनुमती दिइएको छैन । यदी तपाईहरुले ५ वर्ष भित्र “सर्टिफाइड केयर वर्कर” को योग्यता प्राप्त गरिसक्नुभयो भने, निवाशको स्थिती परिवर्तन गरेर जापानमा निरन्तर काम गर्न सक्नु हुन्छ । साथै आफ्नो परिवारलाई ल्याउन सक्नु हुनेछ ।

जापानी भाषा प्रवीणता परीक्षाको N4 लेभल (आधारभूत जापानी भाषा बुझ्न सक्ने स्तर) आवश्यक छ।

शारीरिक देखभाल (प्रयोगकर्ताको शारीरिक र मानसिक अवस्था अनुसार नुहाउने केयर, खानाको केयर, दिसापिसाबको लागि सहयोग, इत्यादि) यस बाहेक संबन्धित कामको समर्थन (मनोरन्जनका कार्यहरु कार्यान्वयन, कार्यात्मक प्रशिक्षणका लागि सहयोग, इत्यादी) ।
※ घर भ्रमण संबन्धित सेवाहरु गर्नुपर्दैन ।

SEARCH
LINK

उपयोगी जानकारी आदिको संबन्धित लिंक संग्रहका लागि यहाँ चेक गर्नु होस ।

ABOUT US

के तपाई जापानमा नर्सिङ्ग केयरको काम गर्न चाहानु हुन्छ ? निर्दिष्ट सीप प्रणालीको ’boutमा, नर्सिङ्ग केयर कामको ’boutमा, जापानको जीवन र जापानी भाषा अध्ययनका ’boutमा, उपयोगी जानकारीहरु सरल भाषामा प्रस्तुत गर्दछौं । 

यो साइट, स्वास्थ्य, श्रम र कल्याण मन्त्रालय रेइवा दोस्रो वर्ष(सन २०२०) वैदेशिक नर्सिङ्ग केयर मानव संसाधन स्वीकृती वृद्धी परियोजनाको एक भागको रुपमा, Japan Care Worker Guide व्यवस्थापन कार्यालय द्वारा स्थापित, सन्चालित गरिएको वेबसाइट हो ।

Follow Us

एकाउन्ट भएका महानुभावहरु, कृपया हामीलाई फ्लो र “लाईक” गर्न विनम्र अनुरोध गर्दछौं ।

Scroll to Top