जापानमा काम गर्ने शैली र जीवनयापनका नियमहरु

जापानमा गएर नयाँ जीवन शैली सुरुवात गर्दा, विदेशी नागरिकहरुलाई थाहा नभएका कस्तो प्रकारका नियम कानुनहरु छन होलान । जुन देशमा पनि काम र जीवनशैलीका हिसाबले त्यही देशको नियम र शिष्टचार हुने गर्दछ । ति कुराहरुलाई संस्कृतीको एक भागको रुपमा स्वीकार गर्न सकेमा काम र जीवन सहज रुपमा अगाडी बढाउँन सकिन्छ । जापानी नागरिकले समेत याद गर्न गाह्रो हुने जापानको कार्यशैली र जीवन शैलीका नियमहरुका सन्दर्भमा, जापानमा काम गरेको अनुभव भएका विदेशी नागरिकहरुलाई प्रश्नपत्र र अन्तर्वाताको माध्यमबाट सोधेका आधारमा जानकारीहरु पेश गर्दछौं ।

Contents

कार्यस्थलमा काम गर्ने तरिका :

मुल देश र ब्यक्तिको सोच्ने तरिका अनुसार, जापानको कार्यस्थलका नियमहरुलाई कस्तो महसुस गर्छन भन्ने कुरामा भिन्नताहरु देखिन्छन । त्यसैगरी काम गर्ने कंपनी वा केयर सेन्टर अनुसार काम गर्ने शैलीमा भिन्नता हुन सक्दछ । तर, “समय पालना गर्नुपर्ने कुरामा गम्भीर हुनुपर्दछ” भन्ने साझा टिप्पणीहरू रहेका छन । कार्यस्थलमा कसरी काम गर्ने भनेर, अनुभवी नर्सिङ्ग केयर वर्करहरूको टिप्पणीहरू र रोजगारदाता जापानी पक्षका सुविधा सेन्टरका उपायहरुबाट विश्लेषण गर्दछौं ।

“मेरो देश र जापान बीचको संस्कृतिमा भिन्नताका कारण जापानमा पहिलो चोटि काम गर्दा मलाई धेरै समस्या भएको थियो । विशेषगरी तालिका प्रबन्धन, कडा समय निष्ठता, नर्सिङ्ग केयर सुविधा प्रयोगकर्ता र अन्य कर्मचारीहरूको साथ कम्युनिकेसन गर्दा प्रयोग गर्नुपर्ने नम्र शब्दहरु र व्यक्तिगत सौन्दर्य जस्ता कुराहरुमा गाह्रो भयो । मेरो देशमा भने, मैले आफ्नो काम सही तरिकाले गरिरहेको छु भने समयको सन्दर्भमा धेरै चिन्ता लिनु पर्दैन, साथै कार्यस्थलको श्रेणीगत सम्बन्ध र नम्र शब्दहरु प्रयोग गर्नुपर्ने कुरामा खासै मतलब नगरी काम गर्न सक्दथे ।”

・”जापान आएर काम गर्दा सबै भन्दा राम्रो लागेको नियम भनेको『५ मिनेट अगाडीबाट काम सुरु गर्नु पर्ने हो । समय अनुसार गरेमा ढिला भएको मानिन्थ्यो ।』 भन्ने समय प्रतिको निष्ठा हो । योजनवद्व रुपमा चल्ने व्यक्तिले अरुको समयलाई आदर गरिरहेको छ भन्ने कुरा हो । त्यसैगरी अर्को कुरा भनेको नयाँ वर्षमा प्राप्त गरिने, नयाँ वर्षको शुभकामना कार्ड हो । इलेक्ट्रोनिक माध्यमबाट कम्युनिकेसन गर्न सकिने भएपनि, कागजको कार्डमा हस्तलिखित शुभकामना सन्देश प्राप्त गर्दा एक आपसमा वास्तविक सुमधुर सम्बन्धको महसुस हुन्थ्यो ।”

・”जापानको कार्यस्थलमा मेरो देशको तुलनामा मिटिङ्ग धेरै भएको लाग्दछ ।
एकदिनभरीनै मिटिङ्ग हुने दिनहरु पनि हुने गर्दथ्यो । त्यसैगरी लामो
समयसम्म काम गर्ने व्यक्तिहरु पनि हुन्थे ।”

थप रुपमा, जापानको नर्सिङ्ग केयर होमहरुका लागि लेखिएका नोट सामग्री मार्फत,[1] जापानको कार्यशैली सम्बन्धमा ध्यान दिनुपर्ने कुराहरु अध्ययन गर्न सकिन्छ । केही वस्तुकरण गरिएको हुँदा कृपया यसलाई सन्दर्भको रुपमा प्रयोग गर्नु होला ।

・जापानमा 『”हावा पढ्नु” “मनसाय अनुमान गर्नु” (यसको मतलब आफ्नो अगाडिको परिस्थिती बुझेर के गर्दा ठिक हुन्छ स्यवंले निर्णय गर्नु भन्ने बुझिन्छ) 』भन्ने शब्दहरु प्रयोग नगरी कुराकानी गर्ने परिस्थिती पनि हुन्छ ।

・जापानको कार्य स्थलहरुमा, “रिपोर्ट गर्ने, संपर्क गर्ने, परामर्श गर्ने” कार्य विधी अत्यन्तै महत्वपूर्ण हुन्छ ।

[1] 三菱UFJリサーチ&コンサルティング株式会社 「外国人介護職員の受入れと活躍支援に関するガイドブック」Mitsubishi UFJ Research & Consulting Co.,Ltd. “Guidebook for Accepting and Supporting Foreign Care Workers”

 

सामाजिक जीवनका नियम र शिष्टाचार:

जब तपाई जापान भ्रमणमा जानुहुन्छ, आफ्नो देशको भन्दा फरक सामाजिक नियमहरु र शिष्टाचार पाउन सक्नु हुन्छ । अझै, यदी तपाई भ्रमण नभएर वास्तवमै जापानमा बसोबास गर्न थाल्नु भयो भने थप नियम र शिष्टाचारहरु पाउनु हुने छ । जापानमा गएर विस्तारै सिक्दै जान सकिन्छ । तर अग्रीम अध्ययन गरेर सिक्नु भयो भने तपाईको कारणले अरुलाई कष्ट महसुस हुने परिस्थिती आउदैंन र तपाई आफुलाई नराम्रो भावना महसुस गर्नु पर्ने स्थितिको सिर्जना हुदैंन ।

जापानमा बसोबास गरेका विदेशी नागरिकहरूबाट आएका टिप्पणीहरूमा एक नजर राखौं ।

・”जापानमा आएर पहिलो पटक मैले अनुभव गरेको दैनिक जीवनको नियम भनेको फोहोरमैलालाई छुट्ट्याउनु हो । जलाउन सकिने फोहोर, जलाउन नसकिने फोहोर, पुन प्रयोग गर्न सकिने फोहोर, ठुलो साइजको फोहोर इत्यादी ठिकसंग छुट्टाएर राख्नाले, संकलन पछि संसाधनको रुपमा पुन प्रयोगमा आउने कुरा थाहा पाएं ।”

・”जापानी नागरिकहरुमा अक्सर अभिवादन गर्ने बानी रहेको हुन्छ । कार्यस्थल, स्कुल, पसल, यातायातका साधन इत्यादी विभिन्न स्थानहरुमा अभिवादन गर्ने र नम्र शब्दहरु प्रयोग गर्ने देखेर म अत्यन्त प्रभावित थिए । त्यसैगरी फोहोर फाल्ने सम्बन्धमा सधै नियमहरु पालना गरिन्छ । आफ्नो घर मात्र नभएर ’roundको वातावरणलाई सधै स्वच्छ सफा राखी, वातावरणलाई महत्व दिने जापानी नागरिकहरुको बानी अति उत्तम छ ।”

・”जापान जानु भन्दा अगाडी मैले पटक पटक जापानको भ्रमण गरेको हुनाले त्यहाँको जीवनशैली मलाई अचम्म लाग्दैंन भन्ने सोचेको थिएँ । तर, वास्तवमा जापानमा बसोबास गरेपछि विभिन्न कुराहरु थाहा भयो । विषेश गरी, फोहोरोमैलालाई वस्तु अनुसार छुट्टाउनु पर्ने रहेछ ।”

जीवनको हिसाबले, जापानमा फोहोर अलग गर्ने नियमहरूको सन्दर्भमा धेरै टिप्पणीहरू देखिन्छन् । जापानमा छुट्टाएर राखिएका फोहोरहरु फोहोर संकलन ठाउमा राख्ने कुनबार र कुनदिनहरु भनेर निश्चित गरिएको हुन्छ (अघिल्लो रातमा बाहिर राख्न पनि हुदैंन) । त्यसैगरी, धेरै जसो केसहरुमा तपाईहरुले फोहोर राख्ने निश्चित गरिएको पलास्टिकको ब्याग किनेर त्यसमा निश्चित फोहोर राख्न आवश्यक हुन्छ ।

सामाजिक जीवनका नियमहरु तपाईहरु बस्ने क्षेत्र अनुसार फरक हुन सक्दछ्न । जापनमा गएर काम गर्न थालेपछि उही क्षेत्रमा बस्ने कसैलाई सोधेर बुझ्नु राम्रो हुन्छ । साथै, प्रत्येक स्थानीय सरकारले विभिन्न जानकारीहरु दिने भएकोले चेक गर्नु होस । सन्दर्भको लागि, टोकियो महानगरीय सरकारद्वारा प्रकाशित टोकियोमा बसोबास सुरु गर्न थालेका विदेशी नागरिकहरुका लागि जीवन सूचना पुस्तिका「Life in Tokyo:Your Guide」को परिचय दिन्छौं ।

 

 

 

 

 

 

Scroll to Top