जापानमा बस्न चाहानेहरूका लागि सुझाब

यदी तपाईहरु जापानमा केयर गिभरको रुपमा काम गर्ने भनेर निर्णय गर्नुभयो भने, अध्ययन र रोजगारिको तयारीमा व्यस्त हुनु हुनेछ । संगसंगैं जापानमा कसरी जीवनयापन गरिन्छ, जस्ता कुराहरुको सन्दर्भमा जानकारी संकलन गर्न आवश्यक हुन्छ । यो तपाई कुन शहरमा काम गर्दै हुनुहुन्छ भन्नेमा निर्भर हुन्छ । तर यहाँ हामी जापानमा कसरी जिवनयापन गर्न सकिन्छ भन्ने सन्दर्भमा जापानमा काम गरिसकेका अनुभवी विदेशी नागरिकहरुलाई प्रश्नपत्र र अन्तर्वार्ताको माध्यमबाट प्राप्त भएका महत्वपूर्ण सल्लाह र सुझाबहरुलाई मध्यनजर गर्दै विभिन्न जानकारी दिनेछौं । जापानमा आएर यहाँको जीवनशैलीमा असहज र गाह्रो महसुस नहुनको लागि यहाँ लेखिएका सुझाबहरुलाई राम्रोसँग अपनाउनुहोला ।

Contents

होम-शीक हुनुबाट जोगिने उपायहरु

नयाँ वातावरण, त्यसमाथी जापानी भाषाको प्रयोग गरेर नयाँ काम र जीवनयापन गर्नुपर्दा होम-शिक हुने मानिसहरु पनि हुने गर्दछन । जापानमा बसोबास गरेका विदेशी नागरिकहरु कसरी होम-शिक हुनुबाट जोगिएका थिए भनेर नेपालबाट जापानमा आउनु भएका  Mr.Mani Gyawali यस्तो भन्नुहुन्छ,

“जापान आएको सुरु सुरुमा म होम-शिक भएको थिए । तर मेरा साथिहरु, कामका सहकर्मीहरु र जापानी भाषा स्कुलका शिक्षकहरुको सहयोगले जापानी समाजमा छिट्टै घुलमिल हुनसकें । मोबाइल फोन वा निशुल्क फोन गर्न सकिने एप्लिकेसनहरु प्रयोग गरेर देशमा रहेका परिवारसँग कुराकानी गर्ने गर्दथें । त्यसैगरी स्मार्टफोनमा हुने एप्लिकेसनका माध्यमबाट भिडियोकल मार्फत कुराकानी गर्दथे ।”

त्यसैगरी मङ्गोलियाका Ms. Anarbayar Renchinkhorol भन्नुहुन्छ, “मङ्गोलिया खानाको रेस्टुरेन्टमा गएमा, खानाको स्वाद, मानिसहरुसँगको कुराकानी इत्यादीले आफ्नै देशमा भएजस्तो महसुस हुनेगर्दथ्यो । कहिलेकाहीं आफ्नो देशका रेस्टुरेन्टमा जाने गर्नुपनि राम्रो हुन्छ ।”

 

यदी तपाई होम-शिकले गर्दा मानसिक तनाबमा हुनुभयो भने, निशुल्करुपमा प्रयोग गर्न सकिने काउनसिलिङ्ग अर्थात परामर्श सेवाहरु उपयोग गर्न सक्नु हुनेछ । “होम-शिक भएर कसैसँग परामर्श गर्न नसकेको स्थितिमा, अंग्रेजी भाषाको काउन्सिलिङ्ग सेवा प्रयोग गरेको थिए भन्ने व्यक्तिहरु पनि हुनुहुन्छ । जानकारी सहयेग सन्दर्भको लागी यस्ता किसिमका सेवाहरू पनि उपलब्ध छन ।

 

・Helpline for foreign languages(https://www.since2011.net/yorisoi/n2/

・tell (https://telljp.com/)

 

जीवनयापनका पूर्वाधारहरु

जापानको स्थानीय साना शहरहरुमा जानुभएपनि त्यहाँ आवश्यक पूर्वाधारहरुको राम्रो व्यवस्था भएको हुन्छ । विजुली, ग्याँस, पानी लगायतका कुराहरु तपाई जहाँ बसेपनि उपलब्ध हुन्छन । नेपालबाट आउनुभएका Mr.Mani Gyawali भन्नुहुन्छ,

“जापानमा जस्तो धाराको पानी निस्चिन्त भएर प्रयोग गर्न सकिने कुरा त मेरो देशमा असंभव छ । जापानको धाराको पानी एकदमै सफा र स्वच्छ छ । यहाँ निश्चिन्त भएर पिउन सकिन्छ । दैनिक जीवनका आवश्यक पूर्वाधारहरु सम्पूर्ण उपलब्ध भएको हुनाले कुनै कुरामा पनि चिन्ता लिनु पर्दैन । एकदमै खुसी र शान्तीका साथ जीवनयापन गर्न सकिन्छ ।”

त्यसैगरी फिलिपिन्सकी Ms.Annie ले भन्नुहुन्छ,

“जापानका यातायातका माध्यमहरु अत्यन्तै सुविधाजनक, सुरक्षित र प्रयोग गर्न सजिला छन ।”

ग्याँसको प्रयोग गर्न अभ्यस्त नहुनुभएका देशका नागरिकहरुपनि हुन सक्नुहुन्छ, त्यस्तो समयमा ग्याँस प्रयोग निर्देशिका पढेर ढुक्कका साथ प्रयोग गर्न सक्नुहुन्छ । सन्चार वातावरण पनि जापानभरी उपलब्ध रहेको छ । धेरै टाढा रहेका पहाडहरु बाहेक जापानको जुनसुकै ठाउँमा मोबाइल फोनहरु प्रयोग गर्न सकिन्छ । तर, अन्य देशहरुबाट जापानमा आउनेहरुका लागि यहाँको सन्चार शुल्क केही महङ्गो महसुस हुनसक्छ । दैनिक जीवनमा अलिकती चिन्ता लाग्ने कुरा केहो भने, प्रमुख दुरसन्चार कंम्पनीहरुका सेवा शुल्क अली बढी छ र डाटा पनि लिमिटेड हुने गर्दछ भन्ने व्यक्तिहरु पनि हुनुहुन्छ ।

 

पैसा र पोइन्टकार्डहरु

“इमान्दारीपूर्वक भन्नुपर्दा, पैसा झिक्न र पठाउन जापान भन्दा मङ्गोलियामा सजिलो छ । जापानी बैंकहरुमा सेवाको लागि लामो समय कुर्नुपर्ने हुन्छ र एटिएमबाट पैसा निकाल्दा अतिरिक्त शुल्क लाग्ने बैंकहरु पनि छन ।  त्यसमाथि अतिरिक्त शुल्क समय र बार अनुसार फरक हुने गर्दछ।” मङ्गोलियाका Ms. Anarbayar Renchinkhorol ले भन्नुभयो ।

जापानमा पनि मोबाइल बैंकिङ्गका सुबिधाहरु बढेका छन, पहिले जस्तो बैंकमा गएर लाइन बस्नुपर्ने अवस्था छैन । तर अर्को तर्फ बैंकहरुको सेवा शुल्क अन्य देशहरुको तुलनामा महङ्गो हुनसक्छ । मोबाइल बैंकिङ्ग बाहेक आइसी कार्डहरु, मोबाइल भुक्तानी सेवा जस्तामा माध्यम पनि धेरै छन । पैसा सम्बन्धित सेवाहरु जापानमा पनि दिनप्रतिदिन सुविधाजनक हुँदै गएको छ ।

यस बाहेक जापानमा पोइन्ट कार्डहरुको प्रयोग सामान्य कुरा हो । धेरै किसिमका पसल, रेस्टुरेन्ट, कोन्भिनिएन्स स्टोरहरुमा पैसा तिरेबापत जम्मा भएको पोइन्ट फेरी किनमेलगर्दा सजिलै प्रयोग गर्न सक्नुहुन्छ । “कोन्भिनिएन्सस्टोर र सुपर मार्केट इत्यादिमा पोइन्टकार्ड प्रयोग गरेर थोरै भएपनि सस्तो मुल्यमा किनमेल गर्न सक्दथे  भन्ने व्यक्तिहरु पनि हुनुहुन्छ ।

 

कोन्भिनिएन्स स्टोरहरु

जापानमा जीवनयापन गर्नुहुने जो कोहिले पनि लगभग प्रयोग गर्ने भनेको कोन्भिनिएन्स स्टोर हो । जापानको जुनसुकै ठाउँमा गएपनि कोन्भिनिएन्स स्टोर नभएको कुनै ठाउँ छैन भन्दा फरक पर्दैन ।

“कोरोनाको महामारी हुनुभन्दा अगाडी हप्तामा तिनचोटी जती कोन्भिनिएन्स स्टोर जाने गर्दथे । खाद्द्य सामाग्रीहरु सकेसम्म सुपर मार्केटबाट किन्ने गर्दथे, किन्न भुलेका कुराहरु वा खाना बनाउन अल्छिलाग्दा कोन्भिनिएन्स स्टोरबाट खानेकुराहरु किन्ने गर्दथे । त्यसैगरी कोन्भिनिएन्स स्टोरमा प्रीन्टिगं, कुरियर सेवा र एटिएम(ATM) पनि प्रयेग गर्न सकिन्छ । त्यसमाथी विजुली र पानी इत्यादीका बिल तिर्ने र विभिन्न इभेन्टहरुका टिकट पनि किन्न सकिन्छ ।” फिलिपिन्सकी Ms.Annie ले यस्ता अनुभव सुनाउनु भयो ।

जापानमा कोन्भिनिएन्स स्टोर लगाएतका २४ घण्टा खुल्ने स्टोरहरु धेरै रहेका छन ।

 

 

 

 

Scroll to Top