विदेशीहरु शान्तिको साथ बस्न सक्ने देश जापान

जापान प्राय सुरक्षित देशको रुपमा चिनिन्छ निसन्देह,जुन २०२० मा जारी गरिएको विश्व शान्ती सूचान्कमा जापान नवौ स्थानमा छ [1] र प्रमुख विकसित देशहरु मध्धे क्यानाडा पछि दोस्रो उच्च स्थानमा रहेको छ । जापानमा बन्दुक, तरवार जस्ता हाथहथियारहरुको नियन्त्रण गर्नको लागी कडा कानून भएकोले कसैले पनि बन्दुक वा तरवार जस्ता हतियार बोकेर हिड्दैनन (अवश्य पनि, कम्मरमा तरवार बोकेका सामुराई पनि हुँदैनन्) । हामीले, जापानमा काम गरेको अनुभव भएका विदेशी नागरिकहरुलाई प्रश्न पत्र र अन्तरवार्ताबाट जापानको जीवनको सन्दर्भमा सोधेका छौं।

[1] Global Peace Index © Institute for Economics and Peace

Contents

जापानमा रातीको समयमा बाहीर जानु कतिको सुरक्षित छ ?

नेपालबाट आउनुभएका Mr. Mani Gyawali जो ओइता प्रिफेक्चरमा काम गर्नुहुन्थ्यो . उहाँले भन्नुहुन्छ “म बसेको शहर एकदमै सुरक्षित थियो । अफिसको काम अथवा अन्य व्यक्तिगत कामका लागि दिउँसो होस वा राती जुन सुकै समयमा पनि जान सक्थे । मेरो देशको तुलनामा जापान धेरै शान्त र सुरक्षित देश हो” । अर्कोतर्फ फिलिपिन्सबाट आउनुभएका Ms.Annie भन्नुहुन्छ “मेरो देश फिलिपिन्सको तुलनामा जापानको रातीको समय एकदमै सुरक्षित छ । तर, अलिकती डरलाग्दो अनुभव पनि गरे । ’cause जब म डाउन टाउनमा थिए, त्यसबेला रक्सिमा मात्तिएको एकजना मानीसले मलाई बोलाएको थियो” ।

मङ्गोलियाबाट भर्खरै जापानमा आउनुभएका Ms.Batgerel Ariungerel ले भन्नुहुन्छ, “जापान एकदम स्वच्छ र सुरक्षित देश भनेर सोचेको थिए तर, जब म जापान आइपुगेर समाचारहरु हेर्थे त्यसमा आपराधिक घटना र दुर्घटनाका समाचार मात्रै हुने गर्थे, त्यसैले थोरै मात्रामा म चिन्तित भएको थिए” ।

जापान एकदमै सुरक्षित देश हो भन्नेमा कुनै शंका छैन, तर पनि रातीको समय शहरमा महिलाहरु एक्लै बाहिर नजाँदा राम्रो हुन्छ ।

 

शहरहरु कति को सफा छन ?

जब विदेशी नागरिकहरु पहिलो पटक जापानमा आउँदछन्, सबैजना बाटोमा गुडिरहेका सफा र सुन्दर कार देखेर चकित भएको देखिन्छ । रेल र बस लगाएतका सबै सार्बजनीक सवारी साधनहरु निकै सफा हुन्छन र लगभग कतैपनि फोहोरोमैला खसेको हुँदैन। “जापानमा फोहोरोमैला ब्यवस्थापन गर्ने तरिका र शहरहरु सधै स्वच्छ र सफा देखेर म संधै अचम्मित हुन्थे । त्यसैगरी सबै सार्बजनिक पार्कहरुमा शौचालय र पानी खाने ठाउ (धाराको पानी) देखेर एकदमै छक्क हुन्थे । जापानिजहरु शिष्टाचार र आफ्नो चालचलनमा संधै सचेत हुने रहेछन भन्ने कुरा बुझ्न सकें” । नेपालबाट आउनुभएका Mr.Mani Gyawali ले भन्नु भयो।

तर पनि शौचालय लगायतका स्थानहरु सधैसफा हुन्छन भन्ने कुरामा ब्यक्ती अनुसार फरक धारणा रहेका छन। सपिङ्गमल र डिपार्ट्मेन्टल स्टोरहरुका शौचालय एकदमै सफा छन। यद्दपि, सार्बजनीक स्थानका शौचालयहरु खासै सफा हुदैनन् । स्टेशनहरुका शौचलयहरु गन्हाउने अवस्थमा पनि हुन्छन भन्ने विदेशी नागरिकहरु पनि छन । यो भनिन्छ कि जापानी नागरिकहरुमा राम्रोबानी, चालचलन र नियमहरु पालाना गर्ने राष्ट्रिय चरित्र छ । त्यसकारण जापानका शहरहरु सधै सफा र स्वच्छ अवस्थामा हुने भएकोले असहज महसुस कहिले पनि हुँदैन। तर अर्कोतर्फ, पहिलो पटक जापानमा आउने विदेशी नागरिकहरुले यहाँका नियमहरु सजिलै बुझ्न नसक्ने समस्या

हुनसक्छ ।

इन्डोनेसियाबाट जापान आउनु भएकी Ms.Riswanti भन्नुहुन्छ, “जापानमा पालना गर्नुपर्ने नियम कानूनहरु धेरै भएकोले एक-एक गरेर अध्ययन गर्दा राम्रो हुन्छ” ।

 

आफ्नो देशको तुलनामा मुल्य कस्तो छ ?

जापानको मुल्यको सन्दर्भमा, सस्तो छ वा महङ्गो छ सजिलै भन्न गार्हो छ । तर दक्षिण पूर्वी एसियाली देशहरुको तुलनामा यहाँको बजार मुल्य सामान्यतया महङ्गो छ भन्ने गरिन्छ । जापानमा बस्नुहुने फिलिपिन्सकी Ms. Annie भन्नुहुन्छ,”फिलिपिन्सको बजार मुल्य सस्तो छ । जापानमा तराकारी, फलफूल ट्याक्सी भाडा, पिजा महङ्गो छ । तर, तलब पनि धेरै पाइन्छ । बिजुली र पानीको मुल्य भने फिलिपिन्स भन्दा सस्तो लाग्छ । अस्पतालबाट सिफारीश गरिएका औषधी खरिद गर्दा जापानको नेशनल हेल्थ इन्सुरेन्स (विमा) प्रयोग गर्न सकिने भएकोले कम मुल्यमा औषधी प्राप्त गर्न सकिन्छ” ।

त्यसैगरी जापानमा लामो समय बसोबास गर्नुभएका नेपालका Mr.Mani Gyawali भन्नुहुन्छ, “जापानमा आउंदा बित्तिकैको समयमा यहाँको बजार मुल्य देखेर एकदमै चकित परेको थिए । जस्तै १० किलो चामलको मुल्य मेरो देशको भन्दा ५ गुणा महङ्गो थियो । तर जापानको जीवनशैलीमा घुलमील भएपछि महङ्गो  महसुस हुन छोड्यो । ’cause बजार मुल्य उच्च भयेपनि काम गरेर प्राप्त गरिने तलब पनि धेरै हुने रहेछ । हुनसक्छ भर्खर जापान आउने जो कोहीलाई पनि मलाई जस्तै यहाँको बजार मुल्य महङ्गो महसुस हुनसक्छ” ।

 

अर्कोतर्फ, यो तथ्य पनि छ कि जापानमा हालैका दशकहरुमा खासै मुल्य वृद्धी भएको छैन । “म मङ्गोलिया फर्केको ६ वर्ष पछी फेरी जापानमा गएको थिए, त्यतिखेर  म एकदमै अचम्मित परे, ’cause मैले ६ वर्ष पहिले सधैखाने गरेका ब्रेड, आइसक्रिम, रामेन (जापनिज नुडल्स), सोडा इत्यादिको मुल्य ६ वर्षपछी पनी खासै बढेको थिएन । जापानको मुद्रास्फीती दर मङ्गोलिया भन्दा न्युन छ, त्येसैले यहाँ पैसाको योजना वा ब्यवस्थापन गर्न धेरै सजिलो छ” । मङ्गोलियाका एकजनाले आफ्नो अनुभव सुनाउनु भयो ।

अहिलेको समयमा इन्टरनेट जस्ता माध्यमबाट हरेक चिजहरुको मुल्य सजिलै जान्न सकिन्छ । तपाईहरु जापान आउनु भन्दा अघी दैनिक आवश्कताका बस्तुहरुको मुल्य चेक गर्दा राम्रो हुन्छ । जापानमा आउनको लागि पैसाको तयारी वा बस्ने खर्चको पूर्वयोजना गर्ने कुराहरु धेरै महत्वपूर्ण हुन्छ ।

 

आवश्यक सामग्रीहरु पाउन सक्नु हुन्छ ?

पहिलो पटक नयाँस्थान वा वातावरणमा बसोबास गर्नुपर्दा दैनिक खानेकुराको सन्दर्भमा चिन्ता लाग्न सक्छ । आफ्नो देशमा दैनिक प्रयोग गरिने खाद्द्य सामाग्री र मसला जस्ता बस्तुहरु पाउन सकिन्छ, कुन ठाउँमा पाउन सकिन्छ, लगायतका कुरामा तपाईहरुलाई चिन्ता लाग्न सक्छ । वास्तवमा जापानमा भने विभिन्न प्रकारका खाद्दय पदार्थ उपलब्ध छन । विभिन्न प्रकारका खाद्दय सामाग्री सजिलै पाउन सकिन्छ र धेरै प्रकारका रेस्टुरेन्ट पनि भएकोले विभिन्न परिकारका खानाहरुको आनन्द लिनपनि सक्नुहुन्छ । यस सन्दर्भमा जापानमा बसोबास गर्नुभएका विभिन्न देशका नागरिकहरुका अनुभवमा एक नजर राखौं ।

 

“जापानमा चाइनिज खाना वा पश्चिमी खाना लगायतका विभिन्न प्रकारका खानाहरुको विविधता रहेको छ । यदी तपाईहरु ठूलो शहरमा जानुभयो भने दुर्लभ विदेशी रेस्टुरेन्टहरु पाउनुहुनेछ । उदाहरणका लागि पेरू खाना, इथियोपियाली खाना, उज्वेकिस्तान खाना, इत्यादी । अवश्य त्यहाँ थुप्रै किसिमका फास्ट्फुड रेस्टुरेन्टहरु पनि रहेका छ्न् । तथापि, मेरो देशको खाना बनाउने रेस्टुरेन्टको स्वाद राम्रै छ । तर मुल्य अलि महङ्गो छ । त्यसैले मैले आवश्यक सामग्री किनेर आफै खाना बनाउने गर्छु । अनलाइन सपिंगसाइट मार्फत मेरो देशका स्पाईस्, मसलाहरु सजिलै प्राप्त हुन्छ”।

 

“जब म भर्खर जापानमा आएको समयमा मलाई धेरै गाह्रो भयो । ’cause जापानको खानाको स्वाद मलाई कतिपनि मन परेन । सुरुमा सुपरमार्केटबाट आवश्यक सामग्रीहरु किनेर मेरो देशको जस्तै खाना बनाउने गर्थे । जापानको जीवनशैलीमा घुलमिल भएपछि मलाई जापानिज खानाहरु पनि मनपर्न थाल्यो र दैनिक खाने गर्दथे । आफनो देशको खाना खान मन लाग्दा शहरमा रहेको मेरो देशको खानाहरु उपलब्ध हुने रेस्टुरेन्टमा गएर खाने गर्दथे । अनलाइनसपिंग वा सुपरमार्केटमा आवश्यक सामाग्री सबै उपलब्ध हुने भएकोले खानेकुरामा कहिल्लै पनि असजिलो महसुस भएको थिएन” ।

 

बिदाहरुमा कसरी समय बिताउनु हुन्छ ?

कोरोना भाईरसको महामारीको कारणले गर्दा अहिलेको समयमा कुनै ठाउँमा जान असजिलो वातावरण बनेको छ । तर, सामान्य स्तिथी भएमा जापानको आन्तरीक यातायात एकदमै उत्कृस्ट भएको हुनाले हवाइजहाज, रेल, एक्सप्रेस बस जस्ता माध्यमबाट छोटो बिदा भएपनि विभिन्न स्थानहरुमा जान सकिन्छ ।

मङ्गोलियाका Ms. Anarbayar Renchinkhorol भन्नुहुन्छ, “जापान विश्वकै एकदमै सुरक्षित देश हो, त्यसैले यहाँ महिलाहरु पनि निश्चिन्त भएर एक्लै जुनसुकै ठाउँमा यात्रा गर्न सक्दछन” ।

त्यसै गरी आफु बसेको नजिकैका ठाउँहरुमा फिल्महरु र सपिगंको आनन्द पनि लीन सकिन्छ । अर्को तर्फ, स्थानीय जापानी बच्चाहरुलाई क्रीकेट खेल्न सिकाउने, सांस्कृतिक आदानप्रदान कार्यक्रम वा खाराओके प्रतियोगिता जस्ता कुराहरुको आनन्द लिने व्यक्तिहरु पनि हुनुहुन्छ ।

फिलिपिन्सकी Ms. Annie  भन्नुहुन्छ, “शनिबार र आईतबारका दिनहरुमा नजिकैका क्याफेहरुमा गएर आनन्द लिन्छु । त्यसैगरी डाउनटाउन क्षेत्रका पसलहरु घुम्ने, रेस्टुरेन्टमा खानाखाने लगायतका कुरा गर्न पनि मन पर्छ । स्थानीय महोत्सवहरु, चाडपर्व, प्रदर्शनी जस्ता समारोहहरुमा भागलिन रमाईलो लाग्छ । जापानी संस्कृतिको अनुभव गर्न सकिने जापानिज चिया अनुभव कार्यक्रम इत्यादीमा भाग लिनपनि एकदमै मन पर्छ । धेरै भ्रमण गरेर जापानका ४७ वटै प्रान्तहरुमा यात्रा गर्ने लक्ष्य राखेको छु” ।

जापानमा नर्स वा केयर गिभरको रुपमा कामगर्दा, नर्सिङ्ग सम्बन्धित विषयको अध्ययन र जापनिज भाषा अध्ययन गर्नुपर्ने हुँदा बिदाका दिनहरुमा पनि व्यस्त हुने गरिन्छ । तर विभिन्न तनावबाट छुटकारा पाउनका लागी बिदाका दिनहरुमा सक्रीय भएर बाहिर घुम्न निस्किएर जापानको आनन्द लिनु राम्रो हुन्छ ।

 

 

 

 

Scroll to Top