जापानको नर्सिङ्ग केयर भन्नाले कस्तो कामलाई बुझिन्छ ?

नर्सिङ्ग केयरको कामलाई धेरै मानीसहरुले अस्पतालमा काम गर्ने नर्सको रुपमा सोच्ने गर्दछन । तर यो फरक कुरा हो । जापानले अहिले अति वृद्ध समाजको सामना गरिरहेको स्थिती रहेको छ । नर्सभन्दा फरक नर्सिङ्ग केयर वर्कर (जसलाई केयर गिभर पनि भनिन्छ) को काम अत्यन्तै महत्वपूर्ण पेशा भएको छ । जापानमा केयर वर्करका रुपमा कामगरेको अनुभव भएका विदेशी नागरिकहरुलाई प्रश्नपत्र र अन्तर्वार्ता मार्फत प्राप्त भएका जवाफहरुको आधारमा नर्सिङ्ग केयर कस्तो काम हो, भन्ने विषयमा परिचय दिने छौं ।

Contents

नर्सिङ्ग केयर कस्तो काम हो ?

नर्सिङ्ग केयर भन्नाले मुख्यरुपमा वृद्धहरु जो शारीरिक र मानसिक असक्तताको कारणले दैनिक जीवनयापनगर्न असक्षम हुन्छन । उनीहरुलाई स्वतन्त्रका साथ जीवन बिताउन सहयोग गर्नुलाई बुझिन्छ ।

उदाहरणका लागि, ज्येष्ठनागरिक र विकलांगहरु जस्तै दैनिक जीवनयापनका कुराहरु आफैले गर्न नसक्ने असक्त मानिसहरुलाई, खाना, दिसा पिसाब र नुहाउने इत्यादी जस्ता दैनिक जीवनसंग संबन्धित विभिन्न गतिविधीहरु प्रत्येक व्यक्तिका शारीरिक र मानसिक स्थिती, वातावरण अनुसार सहयोग गर्ने गरिन्छ । यस संबन्धित कार्यहरु नर्सिङ्ग होम, डे नर्सिङ केयर सेन्टर (डे सर्भिस), प्रयोग कर्ताको घर इत्यादीहरुमा गर्ने गरिन्छ ।

नर्सिङ्ग केयर वर्करहरुका मुख्य कार्यहरु निम्नानुसार रहेका छन :

・खानाको नर्सिङ्ग केयर, बाथटबमा नुहाउने नर्सिङ्ग केयर, दिसापिसाबको नर्सिङ्ग केयर, एक ठाउँबाट अर्को ठाउँमा जाने नर्सिङ्ग केयर, स्थानान्तरणको नर्सिङ्ग केयर

・घरको सरसफाई, खाना बनाउने जस्ता होम-वर्कको नर्सिङ्ग केयर

・कल्याण (Welfare) उपकरणहरुको व्यवस्थापन

・डाक्टर, नर्स संबन्धित विभागहरु र परिवारसंग समन्वय

・बाहिर जाने र मनोरन्जनका योजनाहरुको कार्यान्वयन

 

जापानको नर्सिङ्ग केयरको काम

जापानमा जागीर गर्नका लागि वा विवाह गरेपछि आमाबुवासंग छुट्टिएर बस्ने छोराछोरीहरु धेरै हुन्छन । आमाबुवाहरु पनि बुढेसकालमा एक्लै वा दुइजना गरेर बस्नेहरु पनि हुन्छन । यस्तो अवस्थामा यदि शारीरिक वा मानसिक अशक्तता भएमा तेस्रो व्यक्तिको सहयोग बिना दैनिक जीवनयापन गर्न कठिन हुने हुँदा नर्सिङ्ग केयर सेवा लिनु आवश्यक पर्ने हुन्छ । त्यसकारण अति वृद्ध समाजको सामना गरिरहेको जापानमा नर्सिङ्ग केयर संबन्धित पूर्वाधार र सुविधाहरु उच्चस्तरमा निर्माण गरिएको छ ।

जापानमा नर्सिङ्ग केयर वर्करको काम गरेको अनुभव भएका फिलिपिन्सका Mr.AlbertFernandez ले भन्नुहुन्छ,

” फिलिपिन्समा पनि वृद्धहरुका लागि सुविधाहरु उपलब्ध भएपनि नर्सिङ्ग होम भनेर भनिदैन । जापानको जस्तो नर्सिङ्ग केयर सुविधा पनि छैन । केवल वृद्धहरु बस्ने ठाँउ मात्र हुन्छ।” निम्न जन्मदर, वृद्धहरुको बढदो जनसंख्या र एकल परिवार जस्ता कुराहरु द्रुतरुपमा बढिरहेको जापान नरसिङ्ग केयर सेवा सुविधाको लागि अति विकसित देश हो । भविष्यमा अन्य एसियाली मुलुकहरुमा पनि वृद्धहरुको जनसंख्या बढने अपेक्षा गरिएको हुनाले, नरसिङ्ग केयर संबन्धमा अति विकसित देश जापानबाट नर्सिङ्ग संबन्धित ज्ञानहरुको अध्ययन गर्ने राम्रो अवसर हुन सक्छ ।

 

नर्सिङ्ग केयरको आत्मसन्तुष्टी

नर्सिङ्ग केयरको काममा मुख्यतया वृद्धहरु र उनीहरुका परिवारका सदस्यहरुसंग धेरै मात्रामा कम्युनिकेसन हुने गर्दछ । सामन्यतया विभिन्न किसिमका कुराकानीहरु हुने गर्दछ । यसरी कम्युनिकेसन गर्दाखेरी “धन्यवाद” भन्ने शव्दहरु प्राप्तगर्दा नर्सिङ्गको कामबाट धेरै आत्मसन्तुष्टी र गौरवान्वित महसुस हुने गर्दछ भन्नेहरु धेरै हुनुहुन्छ ।

इन्डोनेसियाकी Ms.Riswanti ले भन्नुहुन्छ, “नर्सिङ्ग केयर सुविधा प्रयोगकर्ताको कुराहरु राम्रोसंग बुझी, उनीहरुको ईच्छा अनुसारको सेवा प्रदान गर्न सफलहुँदा मलाई धेरै आत्मसन्तुष्टी र गौरव महसुस हुन्छ । नर्सिङ्ग केयर सेवा प्रदान गरेपछि प्रयोग कर्ताको हंसिलो अनुहार देखेर मलाई मेरो कामप्रति धेरै गर्व लाग्दछ । मेरो देश इन्डोनेसियाका कुराहरु र मैले मेरो टाउकोमा लगाएको जिलबाब (इस्लाम धर्मका महिलाहरुले आफ्नो टाउको र कान छेक्नका लागि प्रयोग गर्ने कपडा) लगाउनुको कारण संबन्धित कुराहरुगर्दा विश्वाशिलो संबन्ध बनेको महसुस हुने गर्दछ ।”

 

कस्तो प्रकारका मानिसहरु नर्सिङ्ग केयर वर्कर लागि उपयुक्त हुन्छन ?

जो कुरागर्न मन पराउँछन र मानिसहरुको भावना बुझ्न सक्दछन मान्छे नर्सिङ्ग केयर कामको लागि उपयुक्त हुने देखिन्छ । यो कामका लागि अलिकती शक्ति पनि आवश्यक पर्दछ । तर आजकल भने शरीर संबन्धित कुराहरुको अध्ययन गरेर मेसिनरी उपकरणको प्रयोगबाट शक्ति अभावको पूर्ति भएको छ । हामीले जापानमा नर्सिङ्ग केयरको काम गरेको अनुभव भएका गैरजापानी नागरिकहरुलाई यस कामका लागि उपयुक्त हुने मानिसहरुको चरित्र र विषेशताका सन्दर्भमा सोधेका छौं ।

 

“प्रयोगकर्तासंग विश्वासको संबन्ध बनाउनको लागि कम्युनिकेसन कलाको आवश्यक पर्ने हुँदा कुराकानीगर्न मनपराउने मानिस नर्सिङ्ग केयर कामको लागि उपयुक्त हुन्छ । त्यसैगरी दयालु, हंसिलो र दोस्रो व्यक्तिको भावना बुझ्न सक्नेहरु यस कामका लागि अतिनै उपयुक्त हुन्छ्न भन्ने लाग्दछ ।”

 

・”नर्सिङ्ग केयरको काम रमाईलोसंग गर्नसक्ने मानिसहरु, आत्मसन्तुष्ट, अनुशासित, गम्भीर, लगनशील, मैत्रीपूर्ण र शारीरिक बलभएका हुने गर्दछन ।”

 

・”नर्सिङ्ग केयरको कामको लागि शारीरिक बल आवश्यक पर्ने परिस्थिती हुन

सक्दछ । तर, शरीरको हेरविचार र प्रयोग संबन्धी कुराहरु सिकेमा सजिलै गर्न सकिन्छ । त्यसैगरी हिडडुलका लागि सपोर्ट गर्ने विभिन्न उपकरणहरु हुनेभएकोले, उपकरणहरुको प्रयोग गर्ने तरीका सिकेमा शारीरिक बलनै आवश्यक पर्छ भन्ने

हुदैन ।”

 

नर्सिङ्ग केयर वर्करको रुपमा कामगर्नेहरुको करियर

यदी नर्सिङ्ग केयर वर्करकारुपमा कामगर्नु भयो भने भविष्यको करियरका लागि के कस्ता विकल्पहरु छन होला । जापानमा नर्सिङ्ग केयरको अनुभव संगालेर संबन्धित संगठन वा प्रोजेक्टको लिडर बन्ने लक्ष्य राखेका व्यक्तिहरु हुनुका साथै सर्टिफाइड केयर वर्कर आदिको राष्ट्रीय योग्यता प्राप्त गर्ने लक्ष्य राखेकाहरु पनि धेरै रहेका छन । त्यसैगरी जापानी भाषा प्रवीणता परीक्षण N1 पास गरेर जापानमा मात्र नभएर आफ्नो देशमा पनि सकृय रुपमा योगदान गर्न चाहाने व्यक्तिहरु पनि प्रशस्त मात्रामा रहेका छन ।

“पारिवारिक कारणले गर्दा आफ्नो देशमा फर्किए, तर पनि जापानमा सिकेका नर्सिङ्ग केयरको ज्ञान र जापानी भाषा मेरो देशमा सिकाउन चाहन्छु” (भियतनामका Ms. HOANG THI NGOC ANH)

यस प्रकारका नयाँ करियर बनाउन कोशिस गर्ने व्यक्तिहरु पनि रहेका छन ।

 

जापानमा वृद्धसमाजको वृद्दी संगै नर्सिङ्ग केयर क्षेत्रमा मानवसंसाधनको अभाव बढिरहेकोले विभिन्न तरिकाले नर्सिङ्ग केयरको मानवसंसाधन बढाउने पहलहरु गरिएको छ । यस परिस्थितिमा विदेशी नागरिकहरु पनि मानसिक शान्तीका साथ जापानमा आएर नर्सिङ्ग केयरको काम गर्न सक्ने वातावरण सिर्जना गर्ने पहल जारी रहेको छ । [1] हामी आशा गर्दछौं की तपाईहरु जापानको नर्सिङ्ग केयर कामको लागि अवश्य रुची राख्नु हुनेछ ।

[1] 厚生労働省「福祉・介護人材の確保に向けた 取組について」Ministry of Health, Labour and Welfare “Efforts to Secure Personnel in Nursing Care”

 

 

 

Scroll to Top